माओवादी केन्द्रका नेता गिरिराजमणिलाई दाेस्राे पटक कोरोना संक्रमण

माओवादी केन्द्रका नेता गिरिराजमणिलाई दाेस्राे पटक कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका नेता एवं स्कूल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ। बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए। एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन्। यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो।

Skip This
Skip This
Logo