काेराेना संक्रमित आइसोलेसनमा नबस्नु गैरजिम्मेवारीको पराकाष्ठा : कांग्रेस महामन्त्री शर्मा

काेराेना संक्रमित आइसोलेसनमा नबस्नु गैरजिम्मेवारीको पराकाष्ठा : कांग्रेस महामन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टि भएपछि पनि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भीर खेलबाड भएको बताएका छन्।

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले संक्रमित व्यक्ति आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भीर खेलबाड भएको बताएका हुन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्ताे प्रतिक्रिया दिएका हुन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना देखिए पनि बिहीबार सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। ओलीको नाम नलिई त्यसतर्फ संकेत गर्दै शर्माले कोरोना संक्रमण पुष्टिपछि आइसोलेसन बस्नु हरेकको जिम्मेवारी हुने बताए । 

‘संक्रमण पुष्टिपछि (आइसोलेसन)मा बस्नु हामी हरेकको जिम्मेवारी हो,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पालना नगर्नु बहादुरी होइन, गैरजिम्मेवारीको पराकाष्ठा, कानुनको उल्लंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाडसमेत हो।’

शर्मा पनि हालै कोरोना संक्रमित भएका थिए। उनले आफू आइसोलेसनमा बसेर आजदेखि पुनः पार्टी संगठनको काममा फर्केको पनि बताएका छन्। ‘संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु,’ उनले भनेका छन्।

Skip This
Skip This
Logo