प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी रहेको उक्त बैठक अपराह्न ४ बजे बस्ने गरी स्थगित भएको हो ।
बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी भएका थिएनन् ।
निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटक पटक राय दिँदा पनि सत्ता गठबन्धनमान सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।
पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक बसेको हो ।
सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव पटक गर्ने गरी छलफल गर्दै आएका छन् ।





























प्रतिक्रिया