सहिदकाे बलिदानको उच्च मूल्यांकन गर्दै समतामूलक समाज निर्माणमा लाग्न राष्ट्रपतिको आह्वान

सहिदकाे बलिदानको उच्च मूल्यांकन गर्दै समतामूलक समाज निर्माणमा लाग्न राष्ट्रपतिको आह्वान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएकी छन्।

सहिद दिवसका सन्देश जारी गर्दै भण्डारीले सहिदकाे बलिदानको उच्च मूल्यांकन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकांक्षालाई साकार बनाउन सबैले आआफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नका लागि यस दिवसले थप प्रेरणा प्रदान गर्ने बताएकी हुन्।

सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति राष्ट्रपति भण्डारीले श्रद्धाञ्जली अर्पण गरेकी छन्। आज आइतबार सहिद दिवस हाे।

Skip This
Skip This
Logo