मन्त्रिपरिषद् बैठक : पूर्वमाओवादी लडाकुलाई सरकारले ‘लोकतन्त्र योद्धा’ सम्मान दिने

मन्त्रिपरिषद् बैठक : पूर्वमाओवादी लडाकुलाई सरकारले ‘लोकतन्त्र योद्धा’ सम्मान दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागिता जनाउने क्रममा प्रभावित भएका सबैलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मुलुकमा अग्रगामी परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी भएर अग्रपंक्तिमा देखिएकाहरूलाई सम्मान गर्न भन्दै सरकारले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय प्रतिवेदन लेखन समिति पनि बनाएको छ।

जसमा खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् । उनीहरुले सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहिद भएकाका परिवार, बेपत्ता पारिएकाका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित, घाइते, विस्थापित र अपांगता भएकाहरूको विवरण संकलन गर्नेछन् ।

सरकारको पूर्वमाओवादी लडाकुलाई लोकतन्त्र योद्धाका रूपमा सम्मान गर्ने निर्णयप्रति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले व्यंग्य गरेका छन्।

यो निर्णयलाई डा. भट्टराईले सामाजिक संजालमा ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ भन्दै व्यंग्य गरेका हुन्।
उनले भनेका छन् ,

‘पोहोर मरिन् सासु ऐले आयो आँसु’? मेरो पालामा जारी TRCर वेपत्ता सम्बन्धी आयोगको अध्यादेश, द्वन्दपीडितलाई रू ५ लाख नगद प्लस रू ५ लाख तामाकोशीमा शेयर र ससम्मान परिचय पत्र, बहिर्गमित लडाकुलाई रू २ लाख राहत आदि पछिल्ला सरकारले किन रोकेको ? ऐले गोहीको आँसु चुहाउँदै उधारो समिति गठन? TRC टार्ने मेसो ?

Logo