नेकपा विभाजन : दुवै पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगद्वारा अस्वीकार

नेकपा विभाजन : दुवै पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगद्वारा अस्वीकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षको आधिकारिकता दाबीलाई अस्वीकार गरेको छ ।

आइतबार साँझ बसेको आयोगको बैठकले दुवै पक्षको आधिकारिकता माग दाबीलाई विधानसम्मत नभएको ठहर गर्दै अस्वीकार गरेको हो।

गत पुस ५ मा संसद विघटनपछि विभाजनको संघारमा पुगेको नेकपा स्पष्टरुपमै दुई पक्ष बनेको छ । दुवै पक्षले आफ्नो पक्ष आधिकारिक भएको दाबी गर्दै थुप्रै निर्णय पनि गरिसकेको छ । तर आधिकारिकता भने कसैले पनि पाउन सकेका छैनन् । निर्वाचन आयोगले दुवै पक्षलाई मान्यता दिन विधान अनुसार प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरेको हो ।

आयोगले दुवै पक्षलाई आधिकारिकता दिन अस्वीकार गरेसँगै नेकपा विभाजन भएको नमानिने भएको छ । पुरानो अवस्थामा नेकपाको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहेका थिए । अब पनि सोही अवस्था कायम रहने आगोगले जनाएको छ ।

योसँगै नेकपा विभाजनको राजनीतिक संकट झन चुलिने भएको छ । किनकी दुवै पक्ष अहिले एकअर्कालाई गाली गलौजमा उत्रिएका छन् भने आफूलाई नै आधिकारिकता दाबी गर्दै आइरहेका छन् । अब उनीहरुले थप प्रमाणसहित आयोगमा जानु पर्ने अवस्था आएको छ ।

Logo