मतदाता नामावली संकलन आजदेखि स्थगित, कति पुगे मतदाता ?

मतदाता नामावली संकलन आजदेखि स्थगित, कति पुगे मतदाता ?


३० वैशाखका लागि स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनकाे काम पनि आज मंगलबारबाट स्थगित गरेकाे छ। 

निर्वाचन आचारसंहिता अनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएकाे आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए। आयाेगले मतदाता नामावली प्रकाशनकाे तयारी गरेकाे छ।

कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो। निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो। 

हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयाेगकाे प्रारम्भिक तथ्यांक छ। 

Logo