आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचन रोक्न मागसहित परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
वैशाख ३० गते आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका मेयर सञ्जिवकुमार साहको रिट दर्ता गर्न सर्वोच्च अदालतले बुधबार आदेश दिएको हो । यसका साथै यही प्रकृतिका अन्य रिट भए पनि दर्ता गर्न सर्वोच्चको आदेश छ ।
साहले गत माग २६ गते नै दर्ता गराउन खोजे पनि सो निवेदन अदालतले दरपीठ गरिदिएको थियो । प्रधानन्याधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएको अवस्थामा सर्वोच्चले आज फेरि सोही निवेदन दर्ताको आदेश दिएको हो ।
राजनीतिप्रकाशित: ४ फागुन २०७८ १८:१३ बुधबार