कांग्रेस नेता अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक भएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो पुस्तकको विमोचन गरे ।
पुस्तकमा नेपाली कांग्रेसको इतिहास र २००७ सालमा राणाबिरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वहरुबारे चर्चा गरिएको छ । लेखक केसीले पुस्तकभित्र आफूले २६/२७ वर्षयता स्वदेश तथा विदेशमा नेपाली कांग्रेसबारे उठाइएका खुल्दुलीलाई समेटेको दाबी गरे ।
नेता केसीले पुस्तकमा नेपाली कांग्रेसमाथि उठ्ने गरेका प्रश्न र लाग्ने गरेका आरोप तथा नेपाली कांग्रेसको अहिलेसम्मको कार्यदिशा, पार्टीका संस्थापक नेता बिपी कोइरालाले देखाएको समाजवाद र नेपाली कांग्रेसको सन्तुलित परराष्ट्रनीतिका बारेमा बिस्तृत रुपमा उजागर गरिएको बताए ।
उनले आफ्नो पुस्तकबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेसको बारेमा धेरैकुरा जान्न र बुझ्न सक्ने भएको जिकिर गरे ।































प्रतिक्रिया