नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजावादीका पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले अेमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने बताएका छन् ।
उनले एमसीसी संसद्मा टेबल भएपनि यथास्थितिमा पारित गर्न नदिने निर्णय भएको बताए ।
उनले भने, ुयथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको छ । एकसीसी संशोधन गरेरमात्र पारित गर्न सकिने हाम्रो पार्टीको धारणा छ ।’
उनले थपे टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन । संसद्मा छलफल गर्न पाउनुपर्छ । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ । जबरजस्ती टेबुल गरिने छैन,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ । संसद्को अवरोध हट्नुपर्छ । अनि मात्र टेबल गर्ने वातावरण बन्नसक्छ ।’





























प्रतिक्रिया