निरंकुशताविरुद्धको सङ्घर्षबाट प्रजातन्त्र प्राप्त भएको हाे : मुख्यमन्त्री शाही

निरंकुशताविरुद्धको सङ्घर्षबाट प्रजातन्त्र प्राप्त भएको हाे : मुख्यमन्त्री शाही

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालमा प्रजातन्त्र स्थापना निरंकुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको बताएका छन् । 

‘प्रजातन्त्र दिवस, २०७८’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीमा शुभकाना व्यक्त गर्दै उहाँले नेपाली जनताको सङ्घर्ष र सहिदहरूको बलिदानले मानवअधिकार र राजनीतिक स्वतन्त्रता हासिल भएको बताए । 

उनले एक शुभकामना सन्देश जारी गर्दै भनेका छन् ,‘प्रजातन्त्र स्थापना मुलुक र नेपाली जनताका लागि अविस्मरणीय र उपलब्धिमूलक दिन हो, जसले नेपालको विकास र समृद्धिमा ठूलो योगदान पु¥याएको छ, यो ऐतिहासिक दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसाथ गर्दै अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

जनताको चाहना मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण भएको जनाउँदै मुख्यमन्त्री शाहीले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको कुरा व्यक्त गरे । 

प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा सबै नेपालीलाई दिन सकोस् भन्ने कामना मुख्यमन्त्री शाहीले गरे । 
 

Skip This
Skip This
Logo