आइतबारकाे संसद् बैठकको कार्यसूची सार्वजनिक, अटाएन एमसीसी

आइतबारकाे संसद् बैठकको कार्यसूची सार्वजनिक, अटाएन एमसीसी

केन्द्रबिन्दु
0
Shares

संघीय संसद् सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। 

आइतबार दिउँसो १ बजे बस्नेगरि संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।

जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन। संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्ने मात्रै कार्यसूची रहेको छ।

सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन।

Logo