एमसीसीविरुद्धको संघर्ष निर्णायक मोडमा भन्दै ६ साना बामपन्थी दल आज पनि सडकमा

एमसीसीविरुद्धको संघर्ष निर्णायक मोडमा भन्दै ६ साना बामपन्थी दल आज पनि सडकमा

केन्द्रबिन्दु
0
Shares

संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसीविरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन्। 

चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसीविरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिने भएका हुन्।

‘नेपाली जनताको एमसीसीविरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको निष्कर्ष बैठकले निकालेको छ’ भन्ने उल्लेख गर्दै साना बामपन्थी दलले अमेरिकन राजदुत र्यान्डी बेरीको ट्विट, चीनका विदेश विभागको पत्रकार सम्मेलनबाट ब्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबल गर्ने गरि पारित गराउने अन्तिम कसरतले उक्त विषयलाई पुष्टि गरेको साना बामपन्थी दलको निष्कर्ष रहेको छ। 

काठमाडौं उपत्यकामा माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँ वानेश्वरस्थित संसद् भवन घेराउ गर्ने देखि देशव्यापीरुपमा सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ। जसअनुसार आज साना बामपन्थी दलले देशैभरि विरोध प्रदर्शन गर्ने जनाएका छन्।  

फाइल फाेटाे

Skip This
Skip This
Logo