माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन्।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसदमा टेबल गर्ने सैद्धान्तिक सहमति गरेको थियो। तर, सत्तारुढ दल माओवादी केन्द्रका नेता श्रेष्ठले भने यसबारे पार्टीमा कुनै छलफल नभएको उल्लेख गरेका छन् ।
‘एमसीसी संसदमा टेबल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन। हाम्रो विरोध कायमै छ,’ श्रेष्ठले भने ।





























प्रतिक्रिया