सि.बि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टीको घोषणा

सि.बि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टीको घोषणा

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगमा गत हप्ता दर्ता भएको सामाजिक एकता पार्टीको औपचारिक घोषणा भएको छ । मंगलवार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सि.बि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा भएको हो ।

घोषणा सभामा बोल्दै पार्टीका अध्यक्ष गहतराजे पार्टीमा २१ जना पदाधिकारी रहेको र १५१ जना केन्द्रिय समिति सदस्य रहेको बताए ।  उनले पार्टीले एकताको सम्मान गरौँ समृद्ध नेपाल निर्माण गरौँ भन्ने मुल नारासहित पार्टी घोषणा भएको बताए । अध्यक्ष गहतराजले पार्टीले आफ्नो मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल बोकेको बताए । 

अध्यक्ष गहतराजल भने, ‘हामीले यो राष्ट्रलाई सामाजिक एकता कायम गरेर समृद्ध नेपाल निर्माण गर्नको निमित्त यो पार्टी गठन भएको छ । यसको मुख्य मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल छ ।’

Logo