गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्।

बुधवार नेकपा(माओवादी केन्द्र)को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरि फर्किने क्रममा संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् । 

राजनीतिक परिवर्तनहरुलाई कमजोर पार्ने खतरा बढिरहेको उनको भनाइ थियो । उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भएपनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने चाहीँ सत्य नभएको स्पष्ट पारे । उनले भने,–‘खतरा त बढेकै छ नि। यो परिवर्तन कुनै न कुनै रुपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि। तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहीँ होइन।’

अध्यक्ष दाहालले बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाणसँग खुमलटारमा भेटवार्ता भएपनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको स्पष्ट पारे।

Logo