प्रधानमन्त्री देउवा र ओलीबीचको छलफल सकियो, के भयाे निर्णय?

प्रधानमन्त्री देउवा र ओलीबीचको छलफल सकियो, के भयाे निर्णय?

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको हाे।

‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसीसहितको विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने। 

दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगन थापा र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए। 

एमसीसीमाथि छलफल गर्ने गरि बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि कांग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो।

Logo