‘निकाश निस्कन सक्ने वातावरण नबने कांग्रेसले गठबन्धन कुरेर नबस्ने’

‘निकाश निस्कन सक्ने वातावरण नबने कांग्रेसले गठबन्धन कुरेर नबस्ने’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रुपमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीलाई दोहोरो चरित्र नदेखाउन आग्रह गरेका छन्।

विभिन्न राजतीतिक दलहरुको गठबन्धन तत्कालिन राजनीतिक निकाश र संविधानको रक्षाको निम्ति बनेको भए पनि राज्यको आवश्यकतासँगै समृद्धि विकाशको मुद्दामा पनि एक ठाउँमा आउनुपर्ने बताए । 

बिहीबार साँझ कुरा गर्दै महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धनमा बस्ने तर सरकारको प्रस्तावमा बिमति राख्ने विषय नसुहाउने बताए। जनताको हितको विषयमा सत्ता पक्ष र विपक्षी दल एक ठाउँ आएर निकाश निस्कन सक्ने वातावरण बन्ने अवस्थामा नेपाली कांग्रेसले गठबन्धन कुरेर नबस्ने पनि महामन्त्री शर्माले स्पष्ट पारे।

अहिलेको सत्ता गठबन्धनबाट पार लाग्ने अवस्था छैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको बताएका छन्।

बिहीवार बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले सत्ता गठबन्धन धरापमा परेकाले गठबन्धन अघि बढ्ने अवस्थामा नरहेको स्पष्ट पारे। 

महामन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)लाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको कुरा राख्नु भएको जानकारी दिए। भेटका क्रममा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्ने विषय नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनियतामा गाँसिएकाले गठबन्धन सरकार के होला भन्ने चिन्ता नरहेको बताएका उनले उल्लेख गरे ।

महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धनबाट पार नलाग्ने भएकाले गठबन्धनको सम्बन्धमा थप छलफल गरिराख्नु नपर्ने बताए। 

 

Skip This
Skip This
Logo