आजको संसद् बैठकमा एमसीसीमाथि छलफल हुने

आजको संसद् बैठकमा एमसीसीमाथि छलफल हुने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची सार्वजनिक गरिएको छ। 

संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ। 

‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ। 

बैठक शुक्रबार दिउँसाे १ बजे बस्नेछ।

Logo