जसपाको बैठक आजबाट, एमसीसीदेखि विधान सम्मेलनसम्मका एजेन्डा

जसपाको बैठक आजबाट, एमसीसीदेखि विधान सम्मेलनसम्मका एजेन्डा

केन्द्रबिन्दु
0
Shares

आन्तरिक विवादका कारण लामो समयदेखि हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारणी समितिको बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ।

बालकुमारीस्थति केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखि स्थानीय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल हुनेछ।

‘आजको बैठकमा एमसीसी, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्नेलगायत एजेन्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘साथै, समसमायिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।’ उनका अनुसार पार्टी विभाजन भएपछि केन्द्रिय विभाग देखि अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ। 

यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थित केन्द्रिय कार्यालयमा हुन लागेको हो। 

Logo