‘सभामुखले गल्ती सच्याए वा मार्गप्रशस्त गरे मात्र एमाले संसदीय प्रक्रियामा सहभागी हुन्छ’

‘सभामुखले गल्ती सच्याए वा मार्गप्रशस्त गरे मात्र एमाले संसदीय प्रक्रियामा सहभागी हुन्छ’

केन्द्रबिन्दु
0
Shares

एमाले महासचिव शंकर पोखरेलले यथास्थितीमा एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था नरहेको बताएका छन्। आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने बताएका हुन्। 

आफूहरु संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसीसहितका विषयमा धारणा बनाउने उनको भनाइ छ। 

सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिका निभाएको भन्दै उनले सभामुखले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिएर माग प्रशस्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने बताएका हुन्। 

‘एमाले विभाजन गर्ने गरि सभामुखले पदीय जिम्मेवारी निर्वाह गर्नेक्रममा दोहोरो भूमिका निभाउनुभयो,’ महासचिव पोखरेलले भने, ‘सभामुखले गल्ती सच्याउनुपर्यो वा मार्गप्रशस्त गर्नुपर्यो । अनि मात्र एमाले संसदीय प्रक्रियामा सहभागी हुन्छ।’ 

सभामुखबाट निकास ननिस्किए सत्तारुढ गठबन्धन वा सरकारले आफूहरुको माग पूरा गर्नुपर्ने महासचिव पोखरेलको माग छ।

Skip This
Skip This
Logo