राप्रपा नेपालको चार जिल्लाको नेतृत्व टुगियो

राप्रपा नेपालको चार जिल्लाको नेतृत्व टुगियो

केन्द्रबिन्दु
0
Shares

शुक्रबार राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ । शिवकुमार बाँस्तोलाको अध्यक्षतामा कास्कीमा राप्रपा नेपालले २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।

यस्तै राप्रपा नेपालले  बाँके जिल्ला संयोजक पनि तोकेको छ । दीपेन्द्र बहादुर सिंहको नेतृत्वमा बाँकेमा समिति गठन गरिएको हो । हुम्लाले पनि राप्रपा नेपालको नेतृत्व पाएको छ । हुम्ला संयोजकमा सुमन रावत चयन भएका छन् । र, पार्टीले चितवन जिल्ला संयोजकको जिम्मेवारी विष्णु खराललाई दिएको छ । 

अन्य जिल्लामा पनि चाँडै जिल्ला कार्य समिति विस्तार गर्ने राप्रपा नेपालले जनाएको छ ।

Skip This
Skip This
Logo