सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने दाबी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार छोडने विषयमा पार्टीभित्र कुनै छलफल नभएको पनि बताए। शनिबार माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमसीसीको मुद्धा कसरी टुंगिन्छ, सरकार छोडने वा नछोडने भन्ने विषय पनि त्यसैमा निर्भर रहने बताएका हुन् ।
खनालले एमसीसी पारित गराउने र सत्तारुढ गठबन्धन पनि टुट्न नदिने मध्यमार्गी बाटोबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिए। उनले सो बाटोको बारेमा कुन–कुन नेताबीच छलफल भएको हो भन्ने पनि आफूलाई थाहा नभएको बताए।
खनालले भने, ‘एमसीसी यथास्थितिमा पास हुँदैन। हाम्रो अडान यो हो । यही अडानमा अहिले पनि हामी दृढतापूर्वक उभिएका छौं । सरकार छोडने बारेमा केही कुरा गरेका छैनौं । अब एमसीसीको मुद्धा कसरी टुंगिन्छ ? त्यसले धेरै कुराहरु निर्णय गर्छ । त्यसो हुनाले एमसीसीको मुद्धा अहिले पनि जारी छ । अहिले हामी पुरानै ग्राउण्डमा छौं । पत्रपत्रिकामा छापिएको कुरा मैले पनि पढें । अब कसकसले त्यो खोजेको हो ? त्यो खोजेको कुरा हामीसँग आइसकेको छैन, के के हुन मध्यमार्ग भनेर त्यो मध्यमार्गको कुरा हामीलाई थाहा हुँदैन । तर, दुईटा मार्ग छन्। एस वा नो को मार्ग । हामी यथास्थितिमा नो भन्छौं । राष्ट्रको हितमा हुने गरि संशोधन गरिए एस भन्ने पक्षमा छौं।’
खनालले राष्ट्रिय हित अनुकूल हुने गरि एमसीसी सम्झौता परिमार्जन भएमात्रै आफूहरुले त्यसलाई संसदबाट पारित गराउन साथ दिन सक्ने स्पष्ट पारे।





























प्रतिक्रिया