‘एमसीसीबारे एमालेले आफ्नो धारणा सदनभित्रै राख्छ’ : योगेश भट्टराई

‘एमसीसीबारे एमालेले आफ्नो धारणा सदनभित्रै राख्छ’ : योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का सचिव तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले एमसीसीबारे एमालेले औपचारिक धारणा संसदभित्र राख्ने बताएका छन् । जिल्ला सदरमुकाम गाईघाट बजारमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “पहिला संसद् सामान्यरूपमा सञ्चालन हुने वातावरण सरकारले बनाउनु पर्छ, तबमात्रै एमालेले आफ्नो औपचारिक धारणा सदनमा राख्छ।”

एमालेले एमसीसीको विषयमा सहयोग गर्नुपर्ने भए पहिला आफूहरूले सदन चल्नका लागि माग गरेका विषयलाई सरकारले सम्बोधनसहित संसद् सञ्चालन हुने वातावरण बनाउनुपर्ने र त्यसपछि मात्रै एमालेले आफ्नो धारणा स्पष्ट राख्ने भट्टराईले बताए।

वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकिए पनि सरकारले निर्वाचन तयारीका लागि कुनै काम सुरु नगरेका कारण समयमा निर्वाचन सम्पन्न नहुने आशङ्का रहेकाे र एमालेले यसमा खबरदारी गरिरहेको धारणासमेत राखेका थिए। उक्त कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य तथा पूर्वसहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा र जिल्ला पार्टी अध्यक्ष परमेश्वर घिमिरेको उपस्थिति थियो।

Logo