प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ।
सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे । अर्काे बैठक फागुन १८ गते बस्नेछ।
नेपाल बन्दकाे घाेषणा
प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको बिरोधमा आज (सोमबार) नेपाल बन्दको आव्हान गरिएको छ।
एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ राजनीतिक दल र दुई मोर्चाले आज नेपाल बन्दको आव्हान गरेका हुन् ।
प्रनिनिधि सभाबाट आइतबार एमसीसी सम्झौता पारित भएको थियाे ।
सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।
आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।































प्रतिक्रिया