नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तामा रहेका दलहरूले एमालेलाई वञ्चित गरेको आरोप लगाएका छन् । उनले सत्ताधारी दलले षड्यन्त्रपूर्ण व्यवहार गरेको बताए ।
एमालेले काठमाडौंमा मंगलबार गरेकाे पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेलाई प्रतिनिधि सभाको दुवै बैठकमा वञ्चित गरिएको बताए । उनले देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी दलको षड्यन्त्रपूर्ण व्यवहार भएको दाबी गरे ।
उनले भने ‘राष्ट्रिय हितको वास्ता नगरी प्रतिनिधि सभाको दुवै बैठकमा हामीलाई एमसीसी पारित गर्ने प्रक्रियामा वञ्चित गरियो । देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी दलको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ । संसद्को सबैभन्दा ठूलो दल एमालेलाई वेलमा राखेर संसद्मा अवरोधका बिच यस्तो संवेदनशील विषयमा निर्णय गरिएको छ ।’
उनले सभामुख अग्नि सापकोटा सभामुख पदका लागि अयोग्य भएको टिप्पणी समेत गरेका छन् । एमसीसी पारित गर्ने क्रममा सभामुखले असक्षम व्यवहार देखाएकोसमेत बताए ।





























प्रतिक्रिया