संसद पुर्नस्थापना भएपनि नेकपाका कारण समस्या समाधान हुन सक्दैनः जसपा

संसद पुर्नस्थापना भएपनि नेकपाका कारण समस्या समाधान हुन सक्दैनः जसपा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

जनता समाजवादी पार्टीका नेताहरुले संसद पुर्नस्थापना भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कारण समस्या समाधान नहुने बताएका छन्

आइतबार जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह)बीच पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष महन्थ ठाकुरले संसद पुर्नस्थापना भएपनि सत्तारुढ नेकपा कानूनी रुपमा विभाजित नभएको अवस्था भएकोले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने बताए ।

कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताए । संघीयता, गणतन्त्र, समावेशिता जस्ता मुद्दाहरुलाई समाप्त पारी मुलुकलाई पछाडी धकेल्ने प्रयास भएको भन्दै यी परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । संसद विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु रहेको उनको भनाई छ ।

बरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक–पटक बदलिए पनि विचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको धारणा राखे । कम्युनिष्ट र कांग्रेसले देशलाई गोलचक्करमा फसाएको उनको आरोप छ ।

जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) बीच आइतबार ललितपुरमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा भएको छ ।

Logo