कानूनको अभाव समस्या झेल्दै कर्णाली प्रदेश

कानूनको अभाव समस्या झेल्दै कर्णाली प्रदेश

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ऐन, नियमको अभावमा काम गर्न समस्या भएको जनाएको छ । नयाँ मन्त्रालय भएका कारण अधिकांश कार्यविधि, ऐनहरु निर्माण नभएपछि काम गर्न समस्या भएको मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । 

जस कारण अहिले खानेपानी, सिँचाई, विद्युत विकास ऐन बनाउका लागि काम सुरु भएको उनको भनाइ छ  । आवश्यक ऐन , नियमको अभावमा समस्या आएपछि त्यसलाइ निराकरण गर्न तत्काल ऐन नियम बनाउन लागिएको जानकारी दिएका उनले  मन्त्रालयको जिम्मेवारी सम्हालेको महिना दिन नबित्दै आफ्नो सक्रियता बढाएका हुन् । 

मन्त्री सिंहका अनुसार ४२ करोडको आयोजनाहरू सम्झौता हुन बाँकी रहेको र एक हजार १३७ आयोजनामध्ये ४५० मात्र सम्झौता भएर काम सुरु गरिएको छ ।

३२ करोडको योजना मात्र सम्झौता भएको र उज्यालो कार्यक्रमको बजेट समेत तत्काल कार्यान्वनमा ल्याइने मन्त्री सिंहले कर्णाली प्रदेशसभामा बताएका छन् ।

Logo