संसद् बैठक सुरु हुनासाथ आज पनि एमाले सांसदको नाराबाजी

संसद् बैठक सुरु हुनासाथ आज पनि एमाले सांसदको नाराबाजी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसदले ६ महिनादेखि संसद् बैठकमा अवरोध जारी राखेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेका हुन् । 

गत २३ भदौदेखि संसद बैठकमा अवरोध गर्दै आएका उनीहरुले आइतबार पनि बैठक सुरु हुने बित्तिकै अवरोध गरेका हुन् ।  अर्काे बैठक आगामी आइतबार बस्नेछ ।

महाभियोग प्रस्ताव सिफारिस समिति गठन 

आइतबारको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाभियोग प्रस्ताव सिफारिस समिति गठन गरेकाे छ।

आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिस समिति गठन गर्न दलहरु सहमत भएका थिए। 

यो समितिले छुट्टै कार्यविधि बनाउने छ। त्यसका आधारमा ३ महिनाभित्र समितिले प्रतिवेदन बुझाउनु पर्ने हुन्छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो।

महाभियोग सिफारिस समिति

एमाले
१. विष्णु  पौडेल
२. लालबाबु पण्डित
३. शिवमाया तुम्बाहाम्फे
४. कृष्णभक्त पोखरेल

कांग्रेस
५. मीनबहादुर विक
६. रामबहादुर विष्ट

माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा

नेकपा एस
९. कल्याणी खड्का

लोसपा
१०. एकवाल मियाँ

जसपा
११. प्रमोद साह

Logo