माओवादी केन्द्रको केन्द्रीय समिति बैठक, महासचिव चयन गर्न सकस

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक, महासचिव चयन गर्न सकस

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । आइतबारका लागि बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरी सोमबारका लागि बोलाइएको हो ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरू पनि सहभागी छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर श्रेष्ठ समूहले असन्तुष्टि सार्वजनिक गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठ समूहलाई पार्टी छाडेर जान सक्ने, आफूले केही गर्न नसक्ने अभिव्यक्ति दिएपछि सम्बन्ध बिग्रिएको थियो । आजको केन्द्रीय समिति बैठकमा श्रेष्ठ समूहले आफ्ना असहमति दर्ज गराउन सक्ने स्रोतले बतायो ।

राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन महिनापछि माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक बसेको हो । आजको बैठकमा अध्यक्ष प्रचण्डले बाँकी केन्द्रीय सदस्य पनि मनोनीत गर्ने भएका छन् । माओवादीले अझैसम्म पदाधिकारी चयन गर्न सकेको छैन । महासचिव चयन गर्न सकस भएपछि प्रचण्डले पदाधिकारी तत्काल मनोनयन नगर्ने स्रोतले बतायो

Skip This
Skip This
Logo