आगामी चुनावमा निर्वाचन चिन्ह हरियो रङको हुने

आगामी चुनावमा निर्वाचन चिन्ह हरियो रङको हुने

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको छ ।

सोमवार आयोगले अगामी स्थानीय निर्वाचनको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचनसम्बन्धी छपाई सामग्रीहरू निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरू र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृतका लागि सार्वजनिक सूचना गरिएको पनि जानकारी दिए । 

उनले मतदाता नामावली अद्यावधिक दाबी विरोधको समेत कार्यक्रम २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै पनि मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र निवेदन दिन आग्रह गर्ने र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने तथा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने निर्णय भएको पनि बताए । 

उनले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडियो सामग्री तयारी गर्नको लागि निर्वाचन सम्बन्धी गीति सन्देश, संवादमूलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाहरूको मूल्यांकन भइरहेको र उक्त सामग्रीहरू मतदाता शिक्षाको लागि निर्वाचन आयोगले अडियो सामग्री तथा भिडियो सामग्रीमा उपयोग गर्ने पनि बताए ।

सूचना अधिकारी अर्यालले भने, ‘मतदाता नामावली अद्यावधिक दाबी विरोधको समेत कार्यक्रम २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने । कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने । कुनै पनि मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र निवेदन दिन आग्रह गर्ने । मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने । उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने जस्ता क्रियाकलापहरू हाल सञ्चालनमा रहेका छन् । यस प्रयोजनका लागि मतदाता नामावली सम्बन्धित पालिकाको गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयमा निर्वाचन कार्यालय र आयोगको वेबसाइटमा हेर्न सकिन्छ । स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिन्ह विवरण तथा सुरक्षण चिन्हहरू हरियो एसकेड्यास ३०८१ स्पेसक्ट्रम ब्राइट ग्रिन मसिले छपाइ गर्ने गरी आयोगबाट निर्णय भएको छ । अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुनेछ । निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडियो सामग्री तयारी गर्नको लागि निर्वाचन सम्बन्धी गीति सन्देश, संवादमूलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाहरूको मूल्यांकन गर्न वरिष्ठ साहित्यकार, गीतकार एवं संगीतकारहरु समेत संलग्न भएको समितिबाट हाल मूल्यांकन भइरहेको छ । जुन रचनाहरू यसपछि मतदाता शिक्षाको लागि निर्वाचन आयोगले अडियो सामग्री तथा भिडियो सामग्रीमा उपयोग गर्नेछ । निर्वाचनसम्बन्धी छपाई सामग्रीहरू जस्तै: निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरू र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृतका लागि सार्वजनिक सूचना गरिएको छ ।’

आगामी वर्ष २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ ।

Logo