एकीकृत प्रगतिशील इन्जिनियर समूहले नेपाल इन्जिनियर्स एशोसिएसनको आसन्न ३३औं कार्यकारिणी समिति निर्वाचनका लागि प्यानलसहित उम्मेदवार घोषणा गरेको छ ।
ललितपुरमा सोमबार एक कार्यक्रमबीच एकीकृत प्रगतिशील इन्जिनियर समूहले इन्जिनियर डा.हरिराम पराजुलीको नेतृत्वमा प्यानलसहितको उम्मेदवार सार्वजनिक गरेको हो ।
सोही कार्यक्रममार्फत समूहले कार्यकारिणी समिति निर्वाचनमा वाग्मती प्रदेशका लागि पनि सभापतिसहितका उम्मेदवार घोषणा गरेको थियो ।
३३औं कार्यकारिणी समितिका लागि एकीकृत प्रगतिशील समूहले उपाध्यक्षमा न्हसला तुलाधर, महासचिवमा शंकर ढकाल, उपमहासचिवमा समित थापा, कोषाध्यक्षमा श्याम नारायण चौधरी ,सहकोषाध्यक्षमा स्मिता भट्टलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, १२ जना सदस्य र ५ जना परिषद सदस्यहरुको उम्मेदवार पनि सार्वजनिक भएका छन् । एकीकृत प्रगतिशील समूहबाटै वाग्मती प्रदेशका लागि सभापतिमा गिरीधर मिश्र, उपसभापतिमा शिवप्रसाद भण्डारी, सचिवमा अमर चन्द्र निरौला, सहसचिव कमल पोख्रेल ,कोषाध्यक्षमा उमेश जंग थापासहित १० जनाको नाम सार्वजनिक गरिएको थियो । समितिको निर्वाचन यहि फागुन २७ गते शुक्रबार हुने केन्द्रीय महासचिवका उम्मेदवार शंकर ढकालले बताए ।
चुनावी मैदानमा इन्जिनियरहरू
Posted by Kendrabindu – केन्द्रबिन्दु on Monday, 7 March 2022































प्रतिक्रिया