एमसीसीलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्नु हुँदैन : रामकुमारी झाँक्री

एमसीसीलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्नु हुँदैन : रामकुमारी झाँक्री

केन्द्रबिन्दु
0
Shares

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी स्विकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छन् ।  

मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौंता स्विकार गरेको स्मरण गराउँदै ती देशहरुले कुरा नबुझेको हो त ? भनि एमसीसीका आचोजकहरुलाई प्रश्न समेत गरिन् । 

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विश्वका आधि दुनिँयामा एमसीसी लागू हुँदापनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन् । 

सरकारले स्विकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उनले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्क समेत गरिन । मन्त्री झाँक्रीले भनिन्,  ‘एमसीसी सरकारले स्विकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अव हामीले गफ गरेजस्तै एमसीसी स्विकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ? त्यसो त नहोला ।’

मन्त्री झाँक्रीले एमसीसी संसदमा वादविवाद भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि बताइन् । उनले महिला हिंसा अन्त्यका लागि तय गरिएको कानुन, नीति र कार्यक्रममा पनि परिमार्जन गरेर अघि बढनुपर्नेमा जोड दिइन् ।  

Skip This
Skip This
Logo