एकीकृत समाजवादी बैठक, राष्ट्रिय राजनीतिको समीक्षा गरिने

एकीकृत समाजवादी बैठक, राष्ट्रिय राजनीतिको समीक्षा गरिने

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलमा केहीबेरअघिबाट बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ । 

प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिए । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन  (एमसीसी) अनुमोदनको बिषयमा पनि छलफल हुनेछ ।  
 

Logo