गोदावरी सम्मेलन केन्द्रमा माओवादीको राजनीतिक वैचारिक प्रशिक्षण

गोदावरी सम्मेलन केन्द्रमा माओवादीको राजनीतिक वैचारिक प्रशिक्षण

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्र बागमती प्रदेश समितिले ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। बुधबार दिउँसो सुरु भएको प्रशिक्षण कार्यक्रममा माओवादी बागमती प्रदेश समितिका सदस्य तथा विभिन्न भ्रातृसंगठनका नेताहरू सहभागी छन्।

प्रशिक्षण कार्यक्रमको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका हुन् । प्रशिक्षण कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेललगायत सहभागी छन्।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ।

Logo