स्थानीय तह निर्वाचनको तयारीमा कांग्रेस, एमसीसीको भ्रम चिर्न नेताहरू घरघर पुग्ने

स्थानीय तह निर्वाचनको तयारीमा कांग्रेस, एमसीसीको भ्रम चिर्न नेताहरू घरघर पुग्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। उसले एमसीसी र आफ्नोबारेमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ। 

आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेस तयारीमा जुटेको हो। पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न देशभर केन्द्रीय सदस्यलाई खटाउन लागेको बताए। 

उनका अनुसार शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य पुग्ने र आइतबारबाट काम थाल्नेछन्। ‘एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य जानुहुन्छ,’ उनले भने, ‘२९ फागुनबाट उहाँहरूले औपचारिक रूपमा काम गर्नुहुन्छ ।’ अभियान एक महिनासम्म जारी रहने उनले बताए ।

पालिका, वडा र टोलमा संगठन गर्ने र भ्रम चिर्ने गरि काम गर्न नेताहरूलाई आग्रह गरेका उनले स्थानीय निर्वाचनका लागि छलफल गरेर चुनावी घोषणापत्र बनाउने पनि बताए। 

सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनसम्म रहने बताएका प्रवक्ता डा. महतले तर, के कसरी जाने भन्नेमा टुंगोमा पुग्न बाँकी रहेको जानकारी दिए। 

‘घरघरमा जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका साथ कांग्रेस नेताहरू चुनावी तयारीमा जुट्न लागेका हुन्। सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहकाे निर्वाचनकाे मिति ताेकेकाे छ।

Skip This
Skip This
Logo