मुस्लिम आयोगद्वारा शिक्षा मन्त्री वसीउद्दीनसँग भेटघाट

मुस्लिम आयोगद्वारा शिक्षा मन्त्री वसीउद्दीनसँग भेटघाट

केन्द्रबिन्दु
0
Shares

मुस्लिम आयोगका अध्यक्ष समिम मियां अन्सारी , मुस्लिम आयोगका सदस्य  मिर्जा अरशद बेग, महमदिन अली लगायतले लुम्बिनी प्रदेशका शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँसँग भेटघाट गरेका छन् । 

उक्त भेटघाटमा लुम्बिनी प्रदेश मदरसाको स्थित, मुस्लिम समुदायको शिक्षामा पहुँच, मुस्लिम समुदायको प्रदेशमा अवस्था कस्तो छ, मुस्लिम समुदायको उत्थान र विकासमा समान्वय कसरी गरेर अगाडि बढ्ने, मुस्लिम समुदायको शिक्षाको अवस्था लगायत बिषयमा शिक्षा मंत्री संग वृहत छलफल गरिएको हो । 

लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्री वसीउद्दीन खाँले  मुस्लिम आयोगका पदाधिकारी लाई स्वागत गर्दै आफूले मदरसाहरूमा बजेट छुट्याएको र मुस्लिम आयोगका पदाधिकारी हरूले ध्यानाकर्षण गराएको बिषयमा आफूले गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाए । 

Skip This
Skip This
Logo