‘रामका बा ठाेरीका हुन्, दशवटा रथ बनाएर दशरथ भए’ : केपी ओली

‘रामका बा ठाेरीका हुन्, दशवटा रथ बनाएर दशरथ भए’ : केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएकाे दाबी दाेहाेर्‍याएका छन्। पाेखरामा प्रेस चाैतारीकाे महाधिवेशनलाई सम्बाेधन गर्दै उनले भने,`रामका बा ठाेरीका हुन्। माडी र ठाेरीकाे बीचमा जन्मिएका हुन्। उनले मेसाेपाेटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए। उनकाे नाम नेगीबाट दशरथ बन्याे।´ 

उनले अहिलेकाे युगमा राम राज्यकाे व्याख्या गरेर खासै स्वभाविक नहुने बताए। 'सत्ययुगकाे व्याख्या गरेर थाक्दैनन् मान्छे। सत्युगमा चाेरी हुन्थेन भन्छ। उतिबेला कसैसँग सम्पति भए पाे चाेर्ने। घर फुटाउथेनन् भन्छन्, घर भए पाे फुटाउने,´उनले भने, 'राम राज्य कस्ताे थियाे ? कसैलाई थाहा छैन।´

सत्ययुग, त्रेतायुग, द्वापर युग कस्ताे न थियाे भन्ने भ्रमबाट बाहिर निस्कन उनले आग्रह गरे। `रावणकाे पालामा जुत्ता चप्पल बनेकाे थिएन। लक्षमणले रामकाे खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए,´ओलीले भने, `कपडा बनिसकेकाे थिएन। अरु सबै हाेहल्ला हुन्। तर, आज हामी विकासकाे शिखरमा छाैं। पृथ्वीकाे सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छाैं।´

Skip This
Skip This
Logo