नेमकिपा सांसद सुवाल कोरोना मुक्त, भन्छन आयुर्वेदिक औषधिको सेवनले कोरोना जिते

नेमकिपा सांसद सुवाल कोरोना मुक्त, भन्छन आयुर्वेदिक औषधिको सेवनले कोरोना जिते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का प्रतिनिधि सभा सांसद प्रेम सुवाल कोरोना संक्रमणमुक्त भएका छन् । भदौ २७ गते पुनः स्वाब परीक्षण गरेका सांसद सुवालको सोमबार दिउँसो कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेर भदौ १४ गते पीसीआर परीक्षणका लागि ‘स्वाब’ दिएका सांसद सुवालको भदौ २० गते कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा पर्ने बित्तिकै होम आइसोलेसनमा बसेको सांसद सुवालले जानकारी दिए ।

त्यस्तै कोरोना रिपोर्ट पोजेटिभ आउनुभन्दा पहिला आफूमा कमजोर महशुस भएपनि अन्य कुनै लक्षण भने नदेखिएको उनको भनाइ छ । कोरोना संक्रमण भएको १३ दिनको अवधिमा विभिन्न पत्रपत्रिकाहरु पढ्ने, सामाजिक सञ्जालको सदुपयोग गर्ने र साथीभाइसँग भिडियो कन्फरेन्सका माध्यमबाट जोडिएको उनले बताए ।

त्यस्तैगरी संक्रमण भएको अवधिमा वरपर पाइने आयुर्वेदिक औषधिहरुको प्रयोग गरेको उनको भनाइ छ । ती औषधिय गुण भएका जडिबुटीहरुकाे प्रयाेगले काेराना जित्न सहज भएकाे उनले बताए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको औषधि नभएकाले हाम्रो वरपर पाइने औषधिय गुण भएका जडिबुटीहरु प्रयोग गर्न सकिने उनले बताए ।

Logo