नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बुटवल गएका छन्। पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न उनी बुटवल गएको प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
मल्लका अनुसार प्रचण्डले पार्टीका प्रदेशस्तरीय नेताहरूलाई निर्वाचन केन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिनेछन्।
केन्द्रीय कमिटी बैठक लगत्तै माओवादी केन्द्रले निर्वाचन अभियान सुरु गरेको हाे । प्रदेश १ बाट माओवादीले निर्वाचन अभियान सञ्चालन गरेको थियाे।
सो क्रममा प्रचण्डले पार्टीलाई पहिलो दल बनाउने गरि निर्वाचन अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिने गरेका छन्।
उनले केन्द्रीय कमिटी बैठकमा पार्टी दोस्रो हुने रिपोर्टिङ पाएको जानकारी दिएका थिए। तर, पहिलो हुने गरि तयारी आवश्यक रहेको भन्दै केन्द्रीय कमिटीका नेताहरूलाई हौस्याइदिएका दिए।





























प्रतिक्रिया