प्रधानमन्त्री देउवाद्वारा देशकै दोस्रो ठूलो सबस्टेसनकाे उद्घाटन

प्रधानमन्त्री देउवाद्वारा देशकै दोस्रो ठूलो सबस्टेसनकाे उद्घाटन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो खिम्ती पावर सबस्टेसन उद्घाटन गरेका छन् ।

उनले शनिबार रामेछापको मन्थली नगरपालिका-१३ स्थित देविटारमा निर्मित सबस्टेसनको उद्घाटन गरेका हुन् । खिम्ती सबस्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मकै दोस्रो ठूलो सबस्टेसन हो।

स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०/१३२ केभीको सबस्टेसन निर्माणको काम पूरा भएको हो।

सो सबस्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०/१३२ केभी, १०० एमभिएको ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाइनबाट काठमाडौं पनि जोड्नेछ।

तस्बिर : रासस

Skip This
Skip This
Logo