एमसीसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी छः गृहमन्त्री

एमसीसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी छः गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

एमसीसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन्। विद्युतीकरण र बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले बताए ।

नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “एमसीसी नेपालका लागि फाइदा छ। यसका कारण देशमा रोजगारी बढ्नेछ,  गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ।” 
 
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाणले एमसीसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिए। उनले भने, “ स्थानीय तहको निर्वाचन हुन्छ। सरकार निर्वाचनकाे तयारीमा लागेको छ। यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ।”

उनले सबै नेपालीको हकहित र राष्ट्रियता, उद्योगी, व्यवसायी सबै क्षेत्रका नागरिकका लागि कांग्रेस पार्टी आवश्यक रहेको जनाउँदै २४सै घण्टा होटल तथा रेष्टुरेन्ट व्यवसाय खुला गरिएको बताए। लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पा पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ रहेको बताउँदै  प्रदेश सरकारबाट पर्यटन क्षेत्रमा सहयोग गर्दै जाने जानकारी दिए।  

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आगामी निर्वाचनमा कांग्रेसलाई जिल्लाको पहिलो पार्टीका रूपमा स्थापित गर्ने दाबी गरे। उनले भने, “जिल्ला तहदेखि स्थानीय तहसम्मका सबै भातृ संस्था चलायमान बनाएर अबको निर्वाचनमा अग्रपङ्क्तिमा कांग्रेस आउने छौँ।”

Skip This
Skip This
Logo