माओवादीलाई कसैको वैशाखी आवश्यक छैन, आफ्नै बलले चुनाव लड्छ: अध्यक्ष दाहाल

माओवादीलाई कसैको वैशाखी आवश्यक छैन, आफ्नै बलले चुनाव लड्छ: अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढेको दाबी गरेका छन् ।

देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले त्यसको संकेत गरेको प्रचण्डले बताए।

'२०६४ सालको चुनावमा ५ सिट जित्छ माओवादीले भन्थे ठूला दलहरूले । कहिले १० सिटसम्म भन्थे। तर, झण्डै बहुमत दिए, जनताले । प्रत्यक्षतर्फ त बहुमतै हो र अहिले २०७९ मा पनि सबैतिरको स्थिति हेर्दा हामी पहिलो पार्टी हुने सम्भावना बढिसक्यो,' प्रेस सेन्टर कास्कीले पोखरामा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने ।

उनले संविधान र लोकतन्त्र बचाउँदै उत्पीडित जाति, वर्ग र समुदायको  अधिकारको पक्षमा उभिएको दल माओवादी भन्ने जनताले बुझेको बताए। सोही कारण मधेश प्रदेशदेखि जताततै माओवादीमा जनताको उभार आएको उनको भनाइ छ।

'मधेशको ४/५ वटा जिल्ला गएँ। एउटै जिल्लामा हजार १२ सय जना शिक्षक बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ,' प्रचण्डले भने, 'हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ। साथीहरूले पहिलो पार्टी हुने भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले।' 

उनले माओवादीलाई कसैको वैशाखी आवश्यक नभएको र आफ्नै बलमा निर्वाचन लड्ने बताए ।

Skip This
Skip This
Logo