विनविन पोजिसनमा गठबन्धन हुन सक्छ : कांग्रेस प्रवक्ता महत

विनविन पोजिसनमा गठबन्धन हुन सक्छ : कांग्रेस प्रवक्ता महत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन्।

नेपाल प्रेस युनियन बाँकेले शनिबार बाँकेमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा महतले भने, 'गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैन । यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ। गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ। प्रस्ताव कस्तो आउँछ त्यसमा भरपर्छ। विनविन पोजिसनमा हुन सक्छ।'

उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताए। उनले नेपाली कांग्रेसका कार्यकर्ता अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा नअल्झन नहुने पनि बताए। 

'गठबन्धनको बारेमा अहिल्यै जनतालाई भन्न जरुरी छैन। हामी सत्यमा, कानुनमा, नागरिक स्वतन्त्रतामा, मानव अधिकारमा, यथार्थमा विश्वास गर्ने, पारदर्शितामा विश्वास गर्ने पार्टी हाैं। हामीलाई विश्वास गर्नुस् भन्ने हो । कांग्रेसका प्रति गुनासो भए, विकासका समस्या भए भन्नुस् भन्ने हो,' उनले भने ।

Skip This
Skip This
Logo