कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आइतबार न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्न बैठक एजेन्डा छ ।
आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले आइतबार अपरान्ह २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएका न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।
आइतबारको बैठकमा लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृतहरु तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाहरुको पदस्थापन मुख्य एजेण्डाका रुपमा रहेको छ । त्यसैगरी न्याय सेवाका केही कर्मचारीहरुलाई सरुवा गर्ने एजेन्डासमेत रहेको छ ।





























प्रतिक्रिया