विगतका तिता कुरा बिर्सन्छौं, त्रुटी सच्याउँछौं : कमल थापा

विगतका तिता कुरा बिर्सन्छौं, त्रुटी सच्याउँछौं : कमल थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तिता कुरा बिर्सने र त्रुटि सच्याएर आगामी दिनमा सशक्तरुपमा अघि बढ्ने बताएका छन्।

मंगलबार जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपालसँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने विचार भएको बताउँदै आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको बताए। 

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिनेतर्फ चिन्ता ब्यक्त गर्दै थापाले भ्रष्टाचार र वेरोजगारीको डरलाग्दो बढोत्तरिलाई रोक्ने तर्फ कसैको चासो नदिएको भन्दै आक्रोश ब्यक्त गरे। 

राप्रपा नेपाललाई कांग्रेस कम्युनिस्टको विकल्पको रुपमा अघि बढाइने भन्दै थापाले आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको राजनीति एजेन्डामा मात्र सबै अलमलिएको आरोप लगाए।

बैठकमा पार्टीका महामन्त्री त्रय सुशील श्रेष्ठ ,भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्वाचन तयारी र प्रशिक्षण, सचिवालय तथा संगठन सम्बन्धमा आफ्नो-आफ्नो  प्रस्तुति दिएका थिए। बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एवं केन्द्रिय पदाधिकारीहरुको सहभागीता रहेको थियो। बाँकी जिल्ला अध्यक्षहरुको बैठक चाडै नै गरिने राप्रपा सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo