वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले चैत मसान्तभित्र उम्मेदवारहरुको सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले मातहतका पार्टी कमिटीहरूलाई चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न निर्देशन दिइएको प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
दुई दिने पोलिटब्यूरो बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख रिजालले स्थानीय कमिटीले गर्नुपर्ने सिफारिसको समयसीमा चैत मसान्तसम्म तोकिएको बताए ।
पोलिटब्यूरो बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनोटको मापदण्डसमेत पारित गरेको छ । स्थानीय कमिटीले उम्मेद्वार सिफारिस गरेर माथिल्लो कमिटीमा पेस गर्नुपर्ने छ । सोही आधारमा माथिल्लो कमिटीले उम्मेद्वारको छनोट गर्नेछ ।































प्रतिक्रिया