कांग्रेस बैठक : पाँच प्रदेशका सभापति चुनावी गठबन्धनको विपक्षमा

कांग्रेस बैठक : पाँच प्रदेशका सभापति चुनावी गठबन्धनको विपक्षमा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापतिहरुले गठबन्धनको विपक्षमा धारणा राखेका छन् ।

शुक्रबार सुरु बैठकमा सातमध्ये पाँच प्रदेशका सभापतिहरुले चुनावी गठबन्धनको विपक्ष गरेर जान नहुने बताए । 

पार्टी कार्यालय सानेपामा शुक्रबार अपराह्न सुरु बैठकमा धारणा राख्दै उनीहरुले आगामी चुनाव कांग्रेसका लागि उपयुक्त अवसर भएकाले सदुपयोग गर्नु पर्ने बताए । 

बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेशका सभापति कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनको विपक्षमा देखिएका हुन् । सुदूरपश्चिमका वीरबहादुर बलायर बैठकमा उपस्तिथि छैनन् । तर, उनी गठबन्धनका पक्षमा छैनन् ।

लुम्बिनी र गण्डकीका प्रदेश सभापतिले गठबन्धन गर्न नहुने धारणा राखेका थिए । 

प्रदेश १ का उद्धव थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा उभिएमा छन् ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरेले आफ्नो धारणा राखेका थिए । 

त्यस्तै  टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले स्थानीय चुनाव, गठबन्धन लगायका विषयमा धारणा राखेका थिए । 

केन्द्रीय कार्यसमितिको बैठक चैत्र १३ गते आइतबार विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने छ ।

Logo