सबै ठिकठाक हुँदो हो त सन्धिखर्क बजार आज झकिझकाउ हुने थियो । बजारमा बेग्लै उत्साह अनि उमंग हुने थियो ।
सन्धिखर्क बजारका करिब २० हजार जनतालाई पिउने पानी उपलब्ध गराउने सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाको शनिवार हुने भनिएको साधारण सभा तथा अधिवेशन राजनीतिक दलले नेतृत्व नटुंग्याईदिँदा अलपत्र परेको हो ।
गत १९ माघमा बसेको सञ्चालक समितिको बैठकले संस्थाको अधिवेशन चैत १२ गतेका दिन भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको भए पनि राजनीतिक दलहरूले नेतृत्व बाँडफाँटमा समय नदिएपछि अधिवेशन अलपत्र परेको अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले बताए ।
'म त हाल बुटवल छु, धेरै बुझ्न पाएको छैन' , अध्यक्ष श्रेष्ठले भने, 'अधिवेशन त हुन्छ होला आज सर्वदलीय बैठक बस्दैछ भन्ने सुनेको छु ।'
दलीय बाँडफाँट नमिलेका कारण अधिवेशन अनिश्चित भएको सचिव कमल प्रसाद घिमिरेले संकेत गरे । अधिवेशनको लागि आफूहरू तयारी अवस्थामा रहेको संस्थाका कार्यालय प्रमुख कृष्ण आचार्यले बताए ।





























प्रतिक्रिया