गृहमन्त्री बालकृष्ण खाणले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
गैरआवासीय नेपाली संघको दशौं महाविशेन उद्घाटन सत्रमा बोल्दै गृहमन्त्री खाणले नेपालको उत्पादन तथा रोजगारी सिर्जनामा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन्।
नेपालका लागि नेपाली अभियान सार्थक बनाउन उनले गैरआवासीय नेपालीलाई आग्रह गरे। सरकार सधैँ गैरआवासीयको साथ र समर्थनमा रहने भन्दै खाणले नेपालमा लगानी भित्र्याउन महत्वपूर्ण भूमिका हुने बताए।
गैरआवासीय नेपालीहरूले मागेको गैरआवासीय नेपाली नागरिकता छिट्टै संशोधन गरिने उनकाे भनाइ थियाे।





























प्रतिक्रिया